Connect IPS
IME Life

नेपाल लाइफले बन्द गर्यो एकल बीमालेख पोलिसी, आइतबारदेखि जीवन ज्योति अन्तर्गत एकल बीमालेख बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकल बीमालेखको बिक्री बन्द गरेको छ । कम्पनीले जीवन ज्योति बीमालेख अन्तर्गत एकल बीमा शुल्क तिर्ने गरी जारी हुने सबै अवधिका जीवन बीमालेखहरु प्राविधिक कारणले बैशाख १२ गतेदेखि बन्द गरिएको जनाएको छ ।

केहि समय अगाडि बीमा समितिले एकल बीमालेखमा कडाइ गरेको थियो । एकल बीमालेख जारी भएको तीन वर्षसम्म सरेण्डर गर्न नपाइने तथा तीन वर्षसम्म यस्ता पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्न नपाउने भन्दै निर्देशन दिएको थियो ।

Prabhu
Crest

एकल बीमालेखमा धेरै नै विकृति देखिए पछि समितिले बाध्य भएर कडाइ गरेको थियो । कम्पनीहरुले एकल बीमा लेखलाई टार्गेट पुरा गर्ने सजिलो माध्यमको रुपमा प्रयोग गर्दै आएका थिए । अभिकर्ता र कम्पनीका कर्मचारीरुले आफुलाई दिएको टार्गेट पुरा गर्न यस्ता बीमालेख बिक्री गर्ने गरेका थिए । टार्गेट पुरा गर्न नक्कली बीमालेख बिक्री गर्ने र एक वर्ष पछि सरेण्डर गराउने चलन बढेको थियो । तर यस्ता पोलिसीमा धेरै नै घाटा हुन थाले पछि कम्पनीहरुको बोनसदरमा ठुलो प्रभाव पारिरहेको छ । केहि वर्ष टार्गेट पुरा गर्ने हतियार बने पनि एक्चुरियल मूल्याङ्कन पछि पुर्ण रुपमा घाटा देखिने वित्तीकै कम्पनीको बोनसदर राम्रो देखिदैन । बोनसले कम्पनीको व्यवसायमा दिर्घकालिन प्रभाव पर्ने गर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS