काठमाडौं । एनएमबि फिफ्टीले चैत्र मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ)१७ रुपैयाँ ५७ पैसा पुराएकोे छ । उक्त मूल्य फागुन मसान्तको तुलनामा १ रुपैयाँ २ पैसाले धेरै हो । फागुन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ३७ पैसा रहेको थियो ।
त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी एक अर्ब ३७ करोड १२ लाख ९ हजार १९४ रुपैयाँ पुगेको छ । फण्डले विभिन्न प्रकारका ४८ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।