काठमाडौं । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० अंकको विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रहरुको उपसूचक राताम्मे भएको छ।
वुधवार चार कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
ज्योति लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै ग्रिन डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९० र हिमाल दोलखा हाईड्रोपावरका लगानकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी यूनिययन हाईड्रोपावर, जनउत्थान समुदायिक लघुवित्त, अपी पावर, छ्याङदी हाईड्रोपावर, युनाईटेड मेदी हाईड्रोपावर र हिमालयन उर्जा विकासका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।