काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ६८ अंकले बढेर २, ६६४ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, निर्जीवन बीमा समुह, म्युचअल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै १ दशमलव ६८ प्रतिशतले विकास बैंक उपसूचक बढेको छ ।
आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड २३ लाख ६९ हजार पाँच सय १ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, निफ्रको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १५ करोड ८२ mाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै महिला लघुवित्त र यूनाइटेड मोदी हाइड्रोपािवरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले २ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।