Connect IPS
IME Life

तिनाउ मिसनलाई मर्ज गरे सँगै सिटिजन्सले पायो सिनर्जी, मुनाफा ४१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको मुनाफा ४२ दशमलब ६१ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफामा मर्जरको प्रभाव देखिएको हो । गत वर्षको यहि अवधिमा एक अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको खुद व्याज आम्दानी १३.१९ प्रतिशत बढेर २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यहि अवधिमा निक्षेप ४३ प्रतिशतले बढेको छ भने कर्जा लगानी ३७ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

मर्जर पछि खराव कर्जा भने केहि बढेको छ । बैंकको खराव कर्जा १.८३ प्रतिशत छ । गत वर्षमा ०.९७ प्रतिशत छ । बैंकको चुक्ता पूँजी २८ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी एक रुपैयाँले बढेर १७ रुपैयाँ कायम भएको छ । आधार व्याजदर थप घटेर ७.४४ प्रतिशत छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई मर्जर गरे सँगै बैंकको सम्पुर्ण वित्तीय सूचकमा सकारात्मक प्रभाव परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS