Connect IPS
IME Life

बैंकहरुलाई वर्क फ्रम होम तथा सिफ्ट वेसिसमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै गए पछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले पुर्ण सजगताका साथ कारोबार सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।

कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रवाह गर्ने । कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पुर्क नहुने गरी काम गर्ने वातावरण निर्माण गर्न राष्ट्र बैंकले सुझाएको छ । यसका लागि आवस्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपायहरु अबलम्बन गर्न राष्ट्र बैंकको निर्देशन छ ।

Prabhu
Crest

कर्मचारीहरुमा संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारिन्टाइन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पुर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिइएकोमा सो समुहलाई सक्रिय रुपमा परिचालन गर्न पनि राष्ट्र बैंकले थप निर्देशन दिएको हो ।

सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने । साथै सेवाग्राहीको आवत जावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहन गर्ने । बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनिकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक गोष्ठी सेमिनार तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

IMG_20210419_0001

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS