काठमाडौं । आज ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य भने २ दशमलव ९४ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज हाइड्रो इलेक्टीसिटि इन्भेष्टमेन्टको २४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको शेयर मुल्य ४ रुपैयाँले घटेर ५ सय ८१ रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको २३ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोशीको २२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।