काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ५८ प्रतिशतले घटेर २,६६१ दशमलव ९३ अंकको विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर कम्पनी र फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २ सय १३ वटा कम्पनीको १ करोड ४२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज हाइड्रो इलेक्टीसिटि इन्भेष्टमेन्टको २४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको २३ करोडमाथिको शेयर करोबार भएको छ ।
त्यसैगरी आज शेयर बजार घट्दा पनि सबैभन्दा धेरै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।