Connect IPS
IME Life

नाफा धेरै देखाउन पुनर्बीमा नै गर्दैनन् बीमा कम्पनी, ट्रिटी देखाएर नियामकको आखाँ छल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले धेरै नाफा देखाउन प्रायाप्त मात्रामा पुनर्बीमा नै गर्ने गरेको पाइदैन ।  कम्पनीहरुले  सम्पुर्ण जोखिम आफैले बहन गर्न सक्दैनन् । बहन गर्न नसक्ने जोखिम पुनर्बीमा कम्पनी मार्फत हस्तान्तरण गर्नु पर्छ । यसरी कम्पनीहरुले जोखिम हस्तान्तरण गर्दा पुनर्बीमा कम्पनीहरुलाई करोडौ रुपैयाँ पुनर्बीमा शुल्क भुक्तानी गर्नु पर्छ । तर निर्जीवन बीमा कम्पनीहरुले ट्रिटी मार्फत होलसेलमा हस्तान्तरण गर्ने पोलिसीको संख्या भने घटाउने गरेको बीमा समितिको एक अध्ययनले देखाएको छ ।

ट्रिटी मार्फत पुनर्बीमा गर्दा जति धेरै पोलिसी देखायो  त्यहि अनुसार बीमा शुल्क भुक्तानी गर्नु पर्छ । तर निर्जीवन बीमा कम्पनीहरुले ट्रिटी मै पुनर्बीमा कम्पनीहरुलाई सहि तथ्याङ्क दिने गरेको पाइदैन । सबै पोलिसीमा दाबी पर्न नसक्ने सम्भावनालाई हेरेर कम्पनीहरुले नाफा बढाउन यस्तो बीमा शुल्क बचाउने गरेका हुन् । यो विषयमा बीमा समितिबाट निरिक्षणमा जाने निरक्षकहरुलाई राम्रो सँग थाहा छ । तर निरिक्षकहरुले भने यस्तो कार्यलाई आखाँ चिम्लिने गरेका छन् । ति अधिकारीले भने ‘कम्पनीहरुले गोलमटोल रुपमा पुनर्बीमा भएको देखाउने भएकाले झट्ट हेर्दा थाहा हुँदैन तर पुरै जोखिम भने पुनर्बीमामा पठाउने गरेको पाइदैन ।’

Prabhu
Crest

कम्पनीहरुले पुनर्बीमामा ध्यान नदिदा समयमा दाबी भुक्तानी तिर्न सक्दैनन् । जति राम्रो पुनर्बीमा हुन्छ कम्पनीले पनि बीमितलाई सजिलै दाबी भुक्तानी गर्न सक्छन् । उदाहरणका लागि युनाइटेड इन्स्योरेन्स कम्पनीले केहि वर्ष अगाडि सिजि होल्डिङको बीमा गरेर पुनर्बीमा नगर्दा  दाबी भुक्तानीमा ठुलो समस्या देखिएको थियो । कम्पनीले ट्रिटी मार्फत पुनर्बीमा गरेको भन्दै झुक्काए पनि पछि दाबी भुक्तानीका लागि प्रकृयाँ अगाडि बढाउदा विदेशी पुनर्बीमा कम्पनी जिआसीमा सिजि होल्डिङ्सको पुनर्बीमा नै नभएको पाइएको थियो । यसले गर्दा कम्पनीले ठुलो क्षति बेहोर्नु पर्यो । राम्रो सँग पुनर्बीमा नगर्दा अहिले पनि बजारमा युनाइटेडको छवि राम्रो छैन ।

बीमा कम्पनीले पुनर्बीमा कम्पनीहरु सँग फ्याकल्टिटी र ट्रिटी दुई किसिमको पुनर्बीमा गर्छन् । कम्पनीहरुले नियामकको आखाँमा छारो हाल्न ट्रिटी भएको देखाउने गर्छन् । तर उक्त ट्रिटीको सूचिमा कम्पनीले बीमा गरेका सबै पोलिसीलाई समावेश गरेको हुँदैन ।

ट्रिटीमा कुनै समय अवधि भित्रमा कम्पनीले जारी गर्ने पोलिसीको निश्चित प्रतिशत जोखिम स्वचालित रुपमा पुनर्बीमा हुनेछ भनेर संझौता गरिएको हुन्छ । पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरु विचमा हुने यस्ता संझौताकै आधारमा कम्पनीहरुले पुनर्बीमा भैरहेको देखाउछन् । यसका साथै बीमा कम्पनीहरुले बीमित सँग लिएको जोखिमको निश्चित प्रतिशत कम्पनीले बेहोर्ने र बाँकी जोखिम स्वत रुपमा पुनर्बीमा कम्पनीले बेहोर्ने भनेर पनि ट्रिटीको अभ्यास हुन्छ ।

होलसेलमा ट्रिटी गर्दा कुन कुन पोलिसीको बीमा भयो भनेर सिधै थाहा हुँदैन । कम्पनीहरुले यहि ट्रिटीलाई नै पुनर्बीमा भएको भन्दै झारा टार्दा तत्कालका लागि कम्पनीको मुनाफा बढेको देखिए पनि बास्तविक रुपमा दाबी भुक्तानी गर्नु पर्दा कम्पनीहरुले  पुनर्बीमा कम्पनीहरु सँग दाबी लिन सक्दैनन् । यसरी होलसेलको नाममा कतिपय जोखिम जानाजान ट्रिटीमा नपठाउदा बीमा कम्पनीहरु फस्ने गर्छन् ।

तोकिएको अवधिमा वास्तविक जारी भएका पोलिसीको संख्या घटाउदा बीमा कम्पनीलाई फाइदा हुन्छ । यदि दाबी भुक्तानी गर्न परेन भने यसरी आएको पोलिसीबाट राम्रो मुनाफा पनि आर्जन गर्न सक्छन् । तर यो समग्र बीमा क्षेत्रकै लागि घातक हुन्छ । यदि कम्पनीहरुले राम्रो सँग पुनर्बीमा गर्न सक्ने हो भने कहिले पनि दाबी भुक्तानीका लागि बीमितले हैरानी बेहोर्नु पर्दैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीले सार्वजनिक वित्तीय विवरणलाई हेर्ने हो भने अधिकाम्स बीमा कम्पनीहरुको पुनर्बीमा कम्पनीहरुबाट प्राप्त हुने कमिसन नै घटेको छ । जवकी यहि अवधिमा सम्पुर्ण बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन बृद्धि गरेका छन् । बीमा शुल्क आर्जन गरे अनुसार जोखिम पनि त्यहि अनुपातमा बढ्नु पर्ने थियो । बजारमा ठुला भनिएका अधिकाम्स बीमा कम्पनीको बीमा शुल्क आर्जन बढेको छ भने पुनर्बीमा कमिसन चाँही घटेको छ । यसले पनि बीमा कम्पनीहरुले प्रयाप्त मात्रामा पुनर्बीमाका लागि खर्च गरिरहेका छैनन् ।

सामान्य अवस्थामा कम्पनीको यस्तो रणनीतिले शेयरधनीहरुलाई केहि फाइदा पुर्याउला तर ठुला ठुला दुर्घटना तथा प्राकृतिक प्रकोपका समयमा सबैभन्दा धेरै घातक हुनेछ । कम्पनीहरुले धेरै जोखिम हुने पोलिसीलाई एक एक गरेर पुनर्बीमा गर्छन् । जस्तै हवाइ जहाज तथा हेलिकप्टरको पुनर्बीमा । यस्ता पोलिसीको थोरै पनि जोखिम बहन नगरि पुनर्बीमाका लागि पठाउने भएकाले यसमा खासै जोखिम छैन । तर बीमितले कम्पनीलाई भुक्तानी गरेको प्रिमियम भने सिधै पुनर्बीमाको खातामा जान्छ र उनिहरुले दिने कमिसनमै कम्पनीहरु रमाउने गरेका छन् ।

पूँजीकोष बलियो बनाउने, जोखिम बहन क्षमता बढाउनका लागि विभिन्न कोषहरुको व्यवस्था गर्नु आफैमा राम्रो हो । यस आधारमा जोखिम बहन गर्दा राम्रो हुन्छ तर पुनर्बीमा शुल्क बचाउन ट्रिटी मार्फत थोरै पोलिसी देखाउन थालियो भने भोलिका दिनमा सबै पोलिसीको दाबी भुक्तानी गर्न सकिदैन । समयमा दाबी भुक्तानी गर्न नसक्दा बजारमा बीमा कम्पनी प्रतिको बुझाइ नकारात्मक हुन्छ । अर्को तर्फ ठुला ठुला दुर्घटना हुँदा कम्पनीको क्षमता भन्दा बढिको दाबी पर्न सक्छ र कम्पनीनै टाट पल्टिने अवस्था आउन सक्छ ।

यो पनि पढ्नुहोस् 

पुराना निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशनमा गिरावट, किन घट्यो कमिशन ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS