काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले घटेर २,६९९ दशलमव ५१ अंकको विन्दुमा कायम भएको छ । आज म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उप समुह ३ दशमलव २७ अंकले बटेको छ ।
आज दिनभरिमा २ सय ७ वठा कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको सबैभन्दा धेरै कारोबार हुँदा ३ रुपैयाँले शेयर मुल्य घटेको छ ।
त्यस्तै, एनआइसी एशिया लघुवित्तको ५५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्ृसका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९ प्रतिशतका दरले गुमाएका छन् ।