Connect IPS
IME Life

बैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को इकाई निष्काशन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई निष्काशन तथा विक्री गर्ने भएको छ । एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यस योजना सञ्चालन हुन लागेको हो । एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो ।

यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन हुनेछ ।

Prabhu
Crest

प्रतिइकाई १० अंकित मूल्यको इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाईमा छिटोमा बैशाख १६ गते र ढिलोमा बैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।

उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरोशेयरबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS