काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ‘आरटिजिएस’ प्रणालीमा आवद्ध भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर आरटिजिएस प्रणालीमा आवद्ध भएको जनाएको छ ।
यस प्रणालीमा आवद्ध भए सँगै नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा अथवा बैंक मार्फत गरिएको भुक्तानी रियल टाइममा राफसाफ हुनेछ । आरटिजिएस प्रणालीको विकास हुनु भन्दा पहिला चेक क्लियरिङ मार्फत दुई तीन दिनसम्म लाग्थ्यो । पैसाको नगद कारोबार विना नै भुक्तानी हुने भएकाले नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार क्यास लेस बैंकिङ प्रणालीको विकासमा यसले सघाउ पुर्याइरहेको छ ।
नेपाल राष्ट्र बैंकले २०७६ भदौ २९ गतेदेखि यो प्रणालीको सुरुवात गरेको थियो । चेक नकाटी एक बैंकबाट अर्को बैंकमा भुक्तानीका लागि यो प्रणालीको विकास गरिएको हो ।