काठमाडौं । आरम्भ चौतारी लघुवित्तले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।लघुवित्तको ५ औं सभाले गत आर्थिक बर्ष ०७६/७७ सम्मको नाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
लघुवित्तको हाल चुक्तापूँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ। साथै सभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ ।