काठमाडौं । ई-सेवाले एक साथ २६५ जना कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न १७ स्थानका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना माग गरेको हो ।
कम्पनीले ईच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।
घरमै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीले जनाएको छ ।