काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज शेयर बजारमा हरियाली छाउँदा सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ८ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।