काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजी २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसाको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।