काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) ले ‘ट्रीपल बी माइनस’ रेटिङ पाएको छ।कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ ।
कम्पनीले हालसम्म नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छैन । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।