काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयर शेयरधनीहरुको डिम्याट खातामा ७ दशमलव ३७ प्रतिशत बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले उक्त बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको समयमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको डिम्याट खातामा उक्त बोनश चैत २४ गतेदेखि जम्मा गरेको जनाएको छ ।
भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको बोनश शेयर अभौतिकीकरण गराए पश्चात स्वतः शेयरधनीको खातामा जम्मा हुने भएकाले शेयर अभौतिकीकरण गराइ बोनश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।