काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल वाराहीमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको छ ।
साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्। संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा।लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।
त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित भएको छ ।