काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा बैशाख २१ गते गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा आम्रपाली ब्याक्वेंट इभेन्ट भाटभटेनीमा बिहान ११ बजे गर्ने जनाएको छ ।
सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सभामा कुनै लाभांश तथा हकप्रद शेयर प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख ६ गतेदेखि २१ गतेसम्म बन्द हुनेछ । बैशाख ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।