काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पोस मेसिन हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त क्यूआर र पोस मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले नगद बाकेर हिड्नु नपर्ने समेत बताए ।