काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र नरैनापुर गाउपलिका ४ खोदवाटोलमा चैत्र २१ गते भिषण आगलागीबाट प्रभावित सेवाग्राही सदस्यहरुलाई राहत प्रदान गरिएको छ । संस्थाका संचाक समिति अध्यक्ष टेक बहादुरको उपस्थितिमा नरैनापुर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वित्तीय संस्थाका तालिम तथा सामाजिक बिकास बिभाग प्रमूख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका वेद प्रसाद आचार्य, पदम बहादुर खड्का लगायत शाखा कार्यालय मटेहियाका कर्मचारीहरु सहभागी रहेको थिए ।
मिर्मिरे लघुवित्तले सेवाग्राही सदस्यका घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरु लाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत बितरण गरेको हो ।
चैत्र २१ गते मध्यान्ह शुरु भएको अचानक आगलागीले खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका थिए । घरमा आगलागीसँगै खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, जिन्सीसामान लगायत पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।