काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार जना सञ्चालकहरुको म्याद थप भएको छ । संस्थाको बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको संस्थापक समूहको तर्फबाट सञ्चालकमा नियुक्त भएका उदयनारायण बराल, कृष्णप्रसाद गौतम, राजु प्रसाद अधिकारी र विजयकुमार दहालको पदावधि चैत २८ गते समाप्त हुने भएता पनि आगामी साधारण सभा नभएसम्मका लागि निजहरुको म्याद थप गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।