काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले उनले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।
उनले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको तर्फबाट कम्पनीको सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका थिए ।