काठमाडौं । एनसीसी बैंकका ग्राहकले काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच छुट सुविधा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पछि एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन् ।
रिसोर्टले बैंकका ग्राहकहरुलाई फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।
हालसम्म बैंकले ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा , ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।