काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । शेयर बजार घट्दा आज अधिकांश उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएक छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतितशका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् ।