काठमाडौं । सनराइज बैंकको वीरगञ्ज शाखा र लायन्स क्लब वीरगञ्जद्वारा आएम केडिया आई अस्पतालको सहयोगमा वीरगञ्ज– ३१ पर्सौनीमा चैत २१ गते निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई सहज स्वास्थ्य सुविधा दिने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सञ्चालनका लागि लायन्स क्लब वीरगञ्जलाई १ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
शिविरमा दुई सय ५० जनाको आँखा परीक्षण गरिएकामा एक सय जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालका डाक्टरसहितको ७ जनाको टोलीले सेवा प्रदान गरेको थियो ।