IME Life
GBIME

डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

Crest

साथै, यस आर्थिक वर्ष भन्दा अगाडीको नगद लाभांश लिन बाँकी शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी लाभांश लिन समेत संस्थाले आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS