काठमाडौं । रिलायन्स फाइनान्सले बैशाख २२ गते एघारौ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको २६९ औ बैठकले भिडियो कन्फ्रेन्स मार्फत लैनचौर बैक्वेटबाट साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको १० प्रतिशत बोनसको प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ । हाल संस्थाको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ छ । बोनस शेयर पारित भए सँगै संस्थाको चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
साधारणसभामा गत आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारितका लागि पेश गरिने भएको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने प्रयोजनका लागि आवस्यक सम्पुर्ण प्रकृयाँ अगाडि बढाउन सञ्चालक समितिलाई पुर्ण अधिकार दिने विशेष प्रस्ताव पनि साधारणसभामा पेश भएको छ ।
साधारणसभा प्रयोजनका लागि बैशाख एक गते बुक क्लोज हुने छ । बैशाख ९ गतेसम्म कायम शेयरधनीले बोनस शेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।