Connect IPS
IME Life

ज्योति लाईफ इन्स्योरेन्स र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक बीच सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योलि लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ब्लु बर्ड इन्टरनेशनल क्लिनिक, काठमाण्डौ सँग बिभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सोमबार सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेशनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिसतको छुट प्राप्त गर्ने छन् भने ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ ।

Prabhu
Crest

साथै ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ । नेपालकै पहिलो एवम एक मात्र ३५ घातक रोगको ५० लाखसम्म को सुरक्षा लगायत जीवन बीमाको बिभिन्न नौला एवम उपयोगी सुबिधा पस्किदै आएको ज्योतिलाईफ र काठमाडौंको मुटु त्रिपुरेश्वरमा एथेस्ट पार्किङ तथा अत्याधुनिक सेवा सुबिधा सहितको ब्लुबर्ड  अन्तर्राष्ट्रिय क्लिनिक बिच भएको यस सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS