काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गएका तीन आर्थिक वर्षको तुलनामा लाभांसदर घटाएको छ । कर्पोरेसनको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कर्पोरेसनले लाभांस घोषणा गर्ने सूचना केहि समय अगाडि नै चुहावट भएर दोस्रो बजारमा केहि दिनको अन्तरालमा ८ हजारको शेयर १३ हजार रुपैयाँ पुगिसकेको छ । कर्पोरेसनले गत वर्ष २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद सहित ३५ प्रतिशत लाभांस वितरण गरेको थियो । अघिल्लो तीन आर्थिक वर्षमा ३५ प्रतिशत लाभांस वितरण गरेको कर्पोरेसनले यस वर्ष भने घटाएको हो ।
१० वर्षको अन्तरालमा कर्पोरेसनले अधिकतम ४५ प्रतिशतसम्म लाभांस वितरण गरेको छ । दुई वर्ष अगाडि दोस्रो बजारमा खासै कारोबार नहुने साल्ट ट्रेडिङ पछिल्लो समय केहि पुराना शेयरधनीले शेयर बिक्री गरे सँगै बजारमा लगातार सुधार भैरहेको छ । कुनै समय साधारणसभा प्रयोजनका लागि एक दुई दिन मात्रै कारोबार हुने साल्ट ट्रेडिङ पछिल्लो समय हट केक बनेको छ ।
कर्पोरेसनले विगत १० आर्थिक वर्षमा वितरण गरेको लाभांस