Connect IPS
IME Life

रु रु जलविद्युतको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत परियोजनाले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परे पछि आजदेखि बिक्री बन्द गर्ने भएको छ । परियोजनाले निष्काशन गरेको प्राथमिक शेयरमा ५० गुणा भन्दा धेरै आवेदन परिसकेको छ ।

हालसम्म १३ लाख भन्दा धेरै लगानीकर्ताले एक करोड ९० लाख कित्ता भन्दा धेरैका लागि आवदेन दिएका छन् । माग भन्दा बढिको आवेदन परे पछि आज बैंकिङ समयसम्म मात्रै बिक्री खुला गर्ने भएको हो । परियोजनाले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम सहित प्रतिकित्ता १ सय २० रूपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा विक्री खुला गरेको छ ।

Prabhu
Crest

परियोजनाले विक्री खुला गरेको कुल आइपीओ मध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३८५ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाह र  मेरो शेयरको एपबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको प्राथमिक शेयरमा ५० गुणा भन्दा धेरैको आवेदन परिसकेकाले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्दैन । सर्वसाधारणका लागि छुट्टाइएको शेयर मध्येबाट ३७ लाख ९१ हजार ६७० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्छन् । तर अहिलेसम्ममा १३ लाख भन्दा धेरैको आवेदन परिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS