काठमाडौं । अब उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन्ट परीक्षण गर्नुपर्ने भएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको कारण काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने जनाएको छ ।
आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन्ट परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था गर्ने समेत जनाएको छ ।
उक्त एन्टीजेन्ट किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराई एन्टीजेन्ट परीक्षणबाट रिपोर्ट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले आग्रह गरेको छ ।