काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले चैत २० देखि २२ गतेसम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ तिन दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरु सहभागि थिए ।
उक्त तालिमकार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण गरेको कम्पनीले जनाएको छ । सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्रवितरण गरेका हुन् ।