Connect IPS
IME Life

चैत तेस्रो सातामा निक्षेप भन्दा कर्जा विस्तार कम, तरलता थप बढ्ने संकेत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुमा कर्जाको तुलनामा निक्षेप संकलन क्रमश बढ्न थालेको छ । चैत तेस्रो सातामा ३८ अर्बले कर्जा विस्तार हुँदा निक्षेप संकलन भने ४० अर्बले बढेको छ । यस भन्दा अगाडिका सातामा बैंकहरुले निक्षेप संकनलको अनुपातमा कर्जा लगानी धेरैले गरेका थिए ।

चैत २० गतेसम्ममा बैंकहरुले ३५ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत अन्तिम दुई सातामा बैंकहरुले किस्ता र व्याज उठाउने भएकाले बैंकमा निक्षेप थुप्रिएको हो । कतिपय व्यवसायमा पुनरकर्जाको सुविधा भएकाले त्यसले केहि हदसम्म बैंकहरुको ऋण विस्तार धेरै देखिएको हो ।

Prabhu
Crest

सरकारले गएको वर्षमा लगातार ४/५ महिना लकडाउन गर्दा त्यस समयमा जान नसकेको नियमित कर्जा पछिल्लो समय गैरहेकाले पनि निक्षेपको तुलनामा कर्जा विस्तार धेरै देखिदै आएको थियो । अर्को तर्फ निर्माण उद्योगले चैत, बैशाख, जेठ र असारमा काम गर्न विदेशबाट सामान आयात गरिरहेका थिए । यस अवधिमा ति उद्योगले लगेको कर्जाले पनि समग्र बैंकिङ कर्जा नै बढेको देखिएको थियो । अव त्यस्ता उद्योगले निर्माणको काम गर्न थाल्ने र विस्तारै सरकारी बजेट निकास हुने भएकाले बजारमा पैसा आउन थाल्छ । सरकारी खर्च बढ्दै गर्दा निर्माण उद्योगले गएका महिनामा लिएको कर्जा विस्तारै भुक्तानी गर्न थाल्ने छन् । यसले पनि गएका तीन चार महिना बैंकहरुको तरलता विस्तारै बाहिरिरहेको थियो । अवका दिनमा सरकारकी खर्च पुर्ण रुपमा बाहिरिने हो भने तरलता थप बढ्ने बैंकरहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS