काठमाडौं । युनाईटेड इदि मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको अध्यक्षमा प्रकाश के.सी चयन भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा के.सी चयन भएका हुन् ।
उक्त सभाले कम्पनीको सञ्चालकहरुमा प्रकाश के.सी, रोशन के.सी, सुनिल नारायण श्रेष्ठ, किरण के.सी, विश्व प्रकाश गौतम र किशोरी कार्की गोदारलाई आगामी ४ वर्ष कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।