Connect IPS
IME Life

मानुषी लघुवित्तले तीन करोड ९३ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने, पायो खराब रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार समयमा वित्तीय दायित्व पुरा नगरेका खण्डमा उच्च जोखिमको संकेत गर्ने ‘केयर एनपि बि प्लस’ प्राप्त गरेको छ ।

कोभिड १९ का कारण संस्थाको कर्जा विग्रिएकाले खराव कर्जा १३ दशमलब ०३ प्रतिशत रहेको छ । खराब कर्जाका कारण संस्थाको रेटिङ पनि सबैभन्दा कमजोर देखिएको हो । एनजिओले संञ्चालन गरेको यस संस्थामा संस्थागत लगानीकर्ताको हिस्सा ६३.२९ प्रतिशत रहेका छन् ।

Prabhu
Crest

मानुषी एण्ड मानुषी प्राइभेट लिमिटेडको प्रमुख शेयर रहेको रेटिङ एजेन्सीले जनाएको छ । यो संस्थाको स्थापना सन् १९९१ मा भएको थियो । यो संस्थाले सामाजिक सुरक्षा, महिला सशक्तिकरण, वाल शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अध्यक्ष पदमासना शाक्य रहेकी छिन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा शोभा बज्राचार्य रहेकी छिन् । उनको लघुवित्त क्षेत्रमा २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

संस्थाको वित्तीय सुधार मध्यम किसिमको रहेको रेटिङ एजेन्सीले जनाएको छ । संस्थाको १० प्रतिशत कारोबार होलसेल तथा रिटेल व्यवसायीमा रहेको छ । त्यस्तै ४३ प्रतिशत कृषि क्षेत्रमा रहेको संस्थाले जनाएको छ ।

प्राथमिक शेयर निष्काशन पछि संस्थापक तर्फको शेयर पूँजी ६४ प्रतिशत र सर्वसाधारण समुहको ३६ प्रतिशत हुने छ । सन् २०१८ मा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको यस संस्थाको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । काभ्रेको भैसेपाटीमा केन्द्रिय कार्यालय रहेको मानुषीको कार्यक्षेत्र राष्ट्रिय स्तरमै रहेको छ । सर्वसाधारणका लागि तीन करोड ९३ लाख रुपैयाँको प्राथमिक शेयर जारी पछि चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

संस्थाको हाल २६ वटा शाखा कार्यालय रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा संस्थाले ८७ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । यसै अवधिमा संस्था ४६ लाख ५५ हजारले नोक्सानमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS