काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल मोनालिसा सौराहा, चितवनमा हुनेछ ।कम्पनीले २० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
लघुवित्तले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५ सय ७४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । जसका कारण चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा सहभागी हुन पाउनेछन् ।