Connect IPS
IME Life

आजबाट रुरु जलविद्युतको आईपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट रु रु जलविद्युत् परियोजनाको आइपीओ निष्काशन तथा विक्री खुला भएको छ । परियोजनाले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम जोडेर १ सय २० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन तथा विक्री खुला गरेको कुल आइपीओमध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३८५ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकि रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त आइपीओमा छिटोमा चैत २४ गते बैंकिङ समयसम्म र सो अवधिसम्ममा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख ३ गते बैकिङ समयसम्म आवेदन दिन सकिने जनाएको छ ।

यस आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

लगानीकर्ताले सि–आस्वा सदस्य लिएका सबै बैंक तथा वित्तीय संस्था र बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट र मेरो शेयरको एपबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS