काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गरेको भन्दै कम्पनीको कारोबार रोक्का गरी स्पष्टिकरण मागेको थियो ।
सोही अनुरुप संस्थाले नेप्सेलाई शेयर कारोबारमा प्रभाव पार्ने कुनै मनासय नभएको र यो सबै मानविय त्रुटिका कारण भएको भन्दै जवाफ दिएपछि नेप्सेले कम्पनीलाई आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने र आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।
कम्पनीले पूँजी कोष प्रर्याप्त नभएका कारण हकप्रद शेयर जारी गर्ने त्यसको लागि सम्बन्धित नियकासँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको र सो दिन विदा परेकाले पारामर्श लिन नसकिएको कारण हकप्रद शेयर निष्काशनसहितको साधारण सभाको सूचना प्रकाशित भएको बताएको छ ।