काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । मिर्मिरे लघुवित्तले बिहान ११ बजे पञ्चकन्या ब्याक्वेंट काभ्रेपलाञ्चोकमा साधारण सभा बोलाएको छ । सभाले ९ दशमलव १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशमलव २० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
सभाले स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात पूँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सभामा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको नयाँ नियुक्ति र राजिनामाको अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।
त्यसैगरी महिला सहयात्रा लघुवित्तले बिहान अध्याय रिट्रिट रिर्सोट मकवानपुरमा बिहान ११ बजे सभा गर्ने बताएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फागुन २७ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।