काठमाडौं । आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत हुनुका साथै शेयर कारोबार समेत फुकुवा भएको नेप्सेले एक सुचना जारी गर्दै जनाएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः०.९४ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरको २५ लाख ९४ हजार ४ सय कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको छ ।