काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको उक्त रकम २०७८ साल वैशाख २ गतेदेखि २०७९ साल वैशाख १ गतेसम्म ३ सय ६५ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको एक सुचना मार्फत जनाएको छ ।
बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २९ करोड ४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ गरी कूल १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई चैत १८ गते, बुधबार दिउँसो २ बजेसम्म राष्ट्र बैंकमा पेश गर्न बैंकले आग्रह गरेको छ ।