काठमाडौं । साताको दोस्रोे दिन नेप्से परिसूचक ३२ दशमलव १५ अंकले घटेर २५७५ दशमलव ६६ अंकको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।
आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँको शेयर करोबार भएको छ ।
आज वोमी लघुवित्त लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९ दशमलव ९४ प्रतिशतका दर र अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, समिट लघुवित्त, स्वाभिमान लघुवित्त, प्रभु लाइफ, अपर तामाकोशी, एचआईडिसिएल र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।