काठमाडौं । सनराइज बैंकले ई–कार्ड सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार सनराइज ई–कार्ड सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले बैंकले डिजिटल बैंकिङअन्तर्गत विभिन्न सेवा–सुविधा प्रदान गदै आएको छ ।यस सुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी ५०० डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ई–कार्डबाट भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० डलर बराबरको ई–कमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ ।
ग्राहकले कार्डमार्फत एकै पटक वा पटक– पटक गरी एक वर्षमा ५०० डलर बराबरको कारोबार गर्न सक्नेछन् ।