काठमाडौं । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३ दशमलव ८ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य एक सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।