काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३ दशमलव ५२ अंकको विन्दुमा कायम भएको छ । आज हाईडोपावर, फाइनान्स र माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।
आज दिनभरिमा २ सय ९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको शेयर करोबार भएको छ ।आज उन्नती सहकार्य लघुवित्त लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, महिला लघुवित्त, समिट लघुवित्त, रिदि हाईडोपावर, सारथी नेपाल लघुवित्त, वोमी लघुवित्त, युनाईटेड इर्दी मर्दी हाईडोपावर, हिमालयन उर्जा र लक्ष्मी लघुवित्तका लगानकर्ताले सर्वाधिक कमाएका छन् ।