Connect IPS
IME Life

वायु प्रदूषणका कारण भोलिदेखि चार दिन शैक्षिक संस्था बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वायु प्रदूषणका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालवालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले बन्द गर्ने निर्णय गरेको हो ।

केहि दिनदेखि काठमाडौं उपत्यका सहित अन्य भुभागमा वायु प्रदूषणका कारण जनजीवन प्रभावित बन्दै गइरहेको छ । जल तथा मौसम विद्का अनुसार विगत लामो समयदेखि पानी नपर्दा बादलमा धुँवा धुलोको मात्रै बढिरहेको छ । यसका साथै केहिदिनदेखि डढेलोका कारण थप वायु प्रदूषण भैरहेको छ ।

Prabhu
Crest

सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । अहिलेको प्रदुषणले लाखौ विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै शिक्षण संस्था बन्द गर्नु परेको मन्त्रालयले जनाएको छ । मंगलबारदेखि शुक्रवारसम्म सम्पुर्ण शैक्षिक संस्था बन्द हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS