काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ फागुन मसान्तससम्म बीमाशुल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना ननाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु २०७७ चैत १५ गते देखि २०७८ बैशाख १५ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले जनाएको छ ।
कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमा शुल्क ३ बर्ष भित्र व्यत्तित भएको बीमालेखको हकमा ७५ प्रतिशतसम्म ब्याज छुट दिने जनाएको छ भने ३ बर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।