काठमाडौं । मेगा क्यापिटल मार्केट्सले एक कार्यदिन मै डिम्याट खाता खोलिदिनुको साथै मेरो शेयरको आईडी र पासवर्ड दिने भएको छ । कुनै पनि सेवाग्राहिले दिउँसो २ बजे सम्म डिम्याट फर्म भरेमा सोहि दिन डिम्याट खाता र मेरो शेयर दिने मेगा क्यापिटलले जनाएको छ ।
मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजे भित्र फर्म बुझाएका ग्राहकहरुलाई सोहि दिन डिम्याट खाता नम्बर र मेरो शेयर आईडि पासवर्ड प्रदान गर्ने गरी क्यापिटलले व्यवस्था मिलाईसकेको जनाएको छ ।
यदि सोहि दिन डिम्याट खाता नखोलियमा डिम्याट शुल्क फिर्ता गर्ने ग्यारेन्टी समेत क्यापिटलले गरेको छ ।